ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

  • प्रकाशित मिति : February 14, 2021
  • साझा मेल

२ फाल्गुण, काठमाडौँ | सिनेटमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ।

माथिल्लो सदन सिनेटले जनवरी ६ मा संसद भवनमा भएको हिंस्रक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उनी महाअभियोगबाट जोगिएका हुन्। सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइ पछि मतदान भएको थियो।

मतदानका क्रममा प्रस्तावको पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो। ट्रम्पलाई दोषी ठहर्‍याउन आवश्यक दुई तिहाइ बहुमत अर्थात् ६७ मत नजुटेपछि उनीमाथिको दोष प्रमाणित हुन नसकेको हो।