मधुवन नगरपालिकाको आठौं  नगरसभा सम्पन्न

  • प्रकाशित मिति : June 24, 2021
  • साझा मेल

बर्दिया  । मधुवन नगरपालिकाको आठौं  नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ८२ करोड ८१ लाख ९१ हजारको बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण र शहरी बिकास , आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, होम स्टे संचालन ,घरेलु ,साना तथा  ठुला उध्योग,नदि नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै  नगर उपप्रमुख सुवरानि थारुले आयतर्फ वित्तीय समानीकरणमा १४ करोड ६९ लाख, राजस्व बाडफाड ९करोड ७५ लाख, शसर्त अनुदानमा २४ करोड ६ लाख, समपुरक अनुदानमा १करोड ४३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट ८८ लाख, प्रदेश सशर्त अनुदान १करोड १५ लाख ,प्रदेश बिशेष अनुदान ७०लाख,प्रदेश समपुरक अनुदान २करोड ,सामाजिक सुरक्षा कार्यक्रम १८ करोड ,अस्पताल निर्माण १करोड ५०लाख ,सडक बोर्ड २५लाख,पि एल जि सि डि पि ३लाख र आन्तरिक आय ६करोड २५लाख  अनुमानित रहेको बताइन्।