आयुर्बेद स्वस्थकेन्द्रको बर्षिक समिक्षा गोष्ठी सम्पन्न

  • प्रकाशित मिति : July 5, 2021
  • साझा मेल

बिष्णु  तिमिल्सिना ,बर्दिया ।  जिल्ला यायुर्बेद स्वस्थकेन्द्र बर्दियाले बार्षीक समिक्षा गोष्ठी  सम्पन्न गरेको छ। उत्त गोष्ठीमा बर्दिया जिल्लामा सन्चालन रहेका आयुर्बेद सस्थाका प्रमुखहरु आयुर्बेद स्वस्थ सस्था रहेका पालिकाका स्वस्थ शाखा प्रमुखहरु  , सम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभगित रहेको थियो।

बर्दिया जिल्ला स्वास्थकेन्द्र प्रमुख डा.कलावति बिस्वकर्माको शभापतित्वमा भएको उत्त गोष्ठीमा आयुर्बेद बिकाश समितिका अध्यक्ष तेजनाथ  पौडेलले  बर्दिया जिल्लामा आयुर्वेद चिकित्सा पद्धतिको बिकाश र प्रवर्द्धनमा पालिकाहरुको भुमिका महत्वपूर्ण हुनेभएकाले पालिका सङ सम्वनय र सहकार्य गर्न समिति तत्पर रहेको बताउनु भयो। सो कार्यकर्ममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह,राजापुर नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज न्यौपाने ,बासगढि नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष  गङाराम थारु,बढैयाताल गाउपालिका वडा नम्बर २का अध्यक्ष काजिमान सुनार लगाएतका बक्ताहरुले आफ्नो धारणा राखेका थिए।

चालु आर्थिक बर्षमा चालु खर्च तर्फ ८२ प्रतिशत र पुजिगत खर्च तर्फ सतप्रतिशत खर्च भएको तथा सघिय बजेटको ससर्त अनुदान तर्फ ६६प्रतिसत सूचना अधिकारि लोकराज पान्डेले बताउनु भयो।