बर्दिया ।नेपाल भारत सिमामा रहेकोे कोठियाघाट चौकिको नया भवनको मधुवन नगरपालिकाका मेयर गणेश केसिले सिलन्यास गरे। २०३४ सालमा स्थापित प्रहरी चौकी खरको घरमा गुजारा गरिएको छ । कोठियाघाट सामुदायिक बनले दिएको जग्गामा आफ्ना मातहतका धनौरा ,कोठियाघाट, ओराली र बेलुवा चौकी बाट ५१२०० उठाएर भवनको सिलन्यास गरेको आ-आफ्नो तर्फबाट सहयोग गर्ने धेरैले पर्तिबद्द्ता जनएको ईलाका प्रहरी कार्यालय बेलुवाका प्रमुख प्रहरी निरीक्षक राजन कुमार गौतमले बताए । ” हामी चुनाबको बेलामा पार्टी हो जस्ले चुनाव जितेपनी हाम्रो गन्तव्य एउटै हुनुपर्छ त्यो हो शान्ति सुरक्षा र बिकास आफुले चुनावमा गरेको बाचा सकेसम्म पूरा गर्ने मेयर केसिले बताए । वार्ड न ३का वार्डअध्यक्ष नारायण मल्लले आफुले यो भवनको लागि १लाख ५०हजार छुट्याएको बताए।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार ,प्रहरी उपरीक्षक इस्वर कार्की लगाएतको सहभागिता थियो । नेपाल भारत जैबिक कोरिडोरमा पर्ने यो चौकीमा जंगली जनावरको जोखिम अत्याधिक भएको कोठियाघाट चौकिका इन्चार्ज असइ दिनेश चदाराले बताए ।
४०बर्ष पछि बन्ने भयो कोठियाघाट चौकीको पक्की भवन
- प्रकाशित मिति : August 3, 2021
- साझा मेल
