मोहित शाह नेतृत्व ले पायो सम्मान र पदभार

  • प्रकाशित मिति : August 26, 2021
  • साझा मेल

बाँके। जिल्ला खेलकुद विकास समिति, बाँकेका नवनियुक्त अध्यक्ष मोहित शाह नेतृत्व टिमले मंगलवार औपचारिक रुपमा पदभार सम्हालेका छन्।

कार्यालय प्रमुख सन्तोष श्रेष्ठ का अनुसार, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको भवनमा आयोजित बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतले नव नियुक्त अध्यक्ष शाह को टिमलाई पद हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम ओलीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला आफ्नो नेतृत्वमा निर्माण गरिएका संरचनाको संरक्षण र अपुर्ण भवनहरुलाई पुर्ण बनाउनका लागि विशेष पहल गर्ने आश्वासन दिए । उनले जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति प्रदेशमा समायोजन भइ नसकेकोले संरचना संरक्षणमा समस्या भएको पनि  बताए । जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति राष्ट्रिय खेलकुद परिषदको अधिनमा रहेको बताउँदै उनले जिल्ला खेलकुद विकास समितिलाई कार्यालय पाउन समेत मुस्किल परेको गुनासो गरे । जिल्ला खेलकुद विकास समितिहरु प्रदेश खेलकुद परिषदमा नआउँदा खेल गतिविधि र अध्यक्ष तथा अन्य पदाधिकारीलाई आफ्नो गतिविधि गर्न समस्या भएको समेत बताए।

उनले बाँके र दाङमा पर्याप्त खेल पूर्वाधार निर्माण भइसकेको बताउँदै अव रुपन्देहीलाई प्राथमिकता दिइने स्पष्ट समेत पारे ।

बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब भिम ओलि प्रमुख अतिथी ,सदस्य रामबहादुर थापा, महाकाली–मेची साइकल यात्री एवम् बातावरण अभियन्ता तेजविक्रम शाह, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसी, जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरु,विभिन्न खेलका प्रशिक्षक,खेलाडी त्यसैगरि समाजसेवीहरुको समेत सहभागिता रहेको थियो।

बाँके जिल्ला खेलकुद विकास समिति नव नियुक्त पदाधिकारी तपशील:

१. मोहित शाह, अध्यक्ष

२. कृष्णा पाठक, उपाध्यक्ष

३. कमलेश कुमार पाठक, कोषाध्यक्ष

४. ललित सिंह, सदस्य

५. रहिस खाँ, सदस्य

६. मकसुद अहमद हलवाई, सदस्य

७. चित्रा श्रीष, सदस्य

८. गुरुवचन चौधरी, सदस्य

९. शाकिर खाँ, सदस्य

अध्यक्ष शाहले ‘अब बाँकेमा खेलकुद गतिबिधिहरु अगाडि बड्नेछन, राष्ट्रिय, अन्तरास्ट्रिय  स्तरका खेलाडिहरु उत्पादनमा जोड दिने साथै खेलाडीले राष्ट्रका लागि खेल्नेछन् समेत बताउनु भयो ।’