सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुग्यो

  • प्रकाशित मिति : September 17, 2021
  • साझा मेल

काठमाडौ ।शुक्रबार दिउँसो चीनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुगेको छ ।
स्वास्थ सेवा विभाग खोप शाखाका प्रमुख डा. सागर दाहालले खोप आएको बताए । उनले १० वटा हिमाली जिल्लाको १८ वर्ष माथिका सबैलाई लगाइने बताए ।उनले भने, ‘त्यहाँ पटकपटक खोप लैजान गाह्रो हुन्छ । जाडो मौसम आयो । ज पनि कम छ । त्यसैले सबैलाई लगाउने रणनीति छ ।’
उनले उपत्यकाको ७ वटा जिल्लामा ४० वर्ष माथिका लागि लगाउने, ५५ वटा जिल्लामा ४५ वर्ष माथि र अन्य दुई जिल्लामा ३५ वर्ष माथिकालाई खोप लगाउने लगाउने बताए । ‘साथै मनाङ, मुस्ताङ र पूर्वी रुकुममा चाहिँ फुल कभर गर भनेर भनेर निर्देशन दिएका छौँ’, उनले भने । विभिन्न उमेर समूहका कोही खोप लगाउनबाट छुटेका छन् उनीहरुलाई पनि खोप लगाइने उनले बताए ।

हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपालमा आइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक हेर्दा देशभरि ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।