प्रेस सेन्टर नेपाल बर्दियाको छैठौं जिल्ला अधिबेशन सम्पन्न

  • प्रकाशित मिति : October 22, 2021
  • साझा मेल

बर्दिया ।प्रेस सेन्टर नेपाल बर्दियाको छैठौं जिल्ला अधिबेशनले भिम उचाइको नेतृत्वमा २१सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रम प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिह बिकको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कार्यालय सदस्य तथा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु ,माओवादी केन्द्र बर्दिया जिल्ला कमिटीका अध्यक्ष भवन कुमार थारु,प्रेस सेन्टरका केन्द्रिय सदस्य मेनका चौधरी ,प्रेस सेन्टरका प्रदेश सदस्य प्रभु चौधरी लगाएको उपस्थिती थियो।