सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी

  • प्रकाशित मिति : October 23, 2021
  • साझा मेल

संघीय सरकार सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी सरुवा भएको छ । यस अगाडि सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव भएर काम गर्नुभएका अधिकारी सहकारी विभागमा सरुवा भएको हो ।

अधिकारीले आगामी सोमबार पदवहाली गर्ने कार्यक्रम छ । कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिसक्नुभएको छ ।

ठुला करदाता कार्यालयका प्रमुख हुँदा कर तिर्न नपर्ने भन्दै सर्वोच्च अदालत पुगेको एनसेललाई १५ दिन भित्र कर नबुझाए कारवाही गर्ने चेतावनी पछि चार अर्व ५० करोड कर बुझाएको थियो ।