बेमौसमी बर्षाले बर्दियाको धानबाली नोक्सान

  • प्रकाशित मिति : October 19, 2021
  • साझा मेल

बर्दिया ।आइतबारदेखि परेको अविरल वर्षाका कारण बर्दियामा भित्र्याउन ठिक्क परेको धान भिजेको छ ।काटेर खेतमा सुकाउन राखेको धान खेतका गरामा पानी जमेर तैरिएको छ ।नकाटेको धान हावा हुरिका कारणले ढलेको छ।

मुठा पारेका धान पानीले गरेको नोक्सान

कृषकहरुले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । घर आँगनमा थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् । ‘सबै धान भिजेर सखाप भयो,’ मधुवन नगरपालिका १ का सुरेश नेपालले भने, ‘दशै नभनी काटेको धान पानीले सत्यानाश पार्यो ।’

थन्क्याएको धान उमृने सम्भावना

बर्दिया जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। धानको उत्पादकत्व ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।
भिजेको धानको बीउ पनि हुदैन अझै एक/दुई दिन वर्षा नरोकिए
धान खेतमै उम्रिन सक्छ धेरै धान भिजेका कराण अर्को वर्ष बीउको समेत अभाव हुन सक्ने देखिन्छ ।

यस वर्ष बर्खामा नियमित वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी वर्षाले उत्पादनमा ह्रास आउने देखिन्छ ।